ad ad

राजनीति


एमाले बागमतीको चुनाव आज : अध्यक्षमा मात्रै ५ उम्मेदवार, अरू पदमा पनि उत्तिकै

एमाले बागमतीको चुनाव आज : अध्यक्षमा मात्रै ५ उम्मेदवार, अरू पदमा पनि उत्तिकै

अध्यक्षका पाँच उम्मेदवार


नेपालखबर
असोज ११, २०८० बिहिबार ८:२१, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ।

नयाँ नेतृत्वमा सहमति हुन नसकेपछि आज मतदानबाट चयन गर्न लागिएको हो। 

एमाले बागमती प्रदेशको अध्यक्षका लागि पाँचजनाले बुधबार उम्मेदवारी दर्ता गराइसकेका छन्। जसमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशरबहादुर बुढाथोकी, निवर्तमान अध्यक्ष केशवराज पाण्डे र बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ छन्।

तर मुख्य प्रतिस्पर्धीका रुपमा मकवानपुरका दाहाल र रामेछापका ढुंगेललाई हेरिएको छ। 

यस्तै उपाध्यक्षमा पनि पाँचजनाको उम्मेदवारी परेको छ। जसमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला छन्। 

यसैगरी सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा काभ्रेकी रिता गौतम ढकाल, प्रेमबहादुर महर्जन खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका छन्। 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय नेतृत्व चयन गर्ने छ। 

यसअघि ११ सय ६५ प्रतिनिधि रहेकामा अन्तिम नामावलीमा महमद समिम, आरिफ खाँ, प्रतिभा पाण्डे र केशवप्रसाद बडाल थपिएर ११ सय ६९ प्रतिनिधि कायम भएका छन्।

मतदानका लागि राम–लक्ष्मण इनोभेसनले तयार पारेको ४० वटा विद्युतीय मेसिन जडान गरिएको छ। मतदान आज ११ बजे सुरु गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .