राजनीति


ओली-प्रचण्डका दुई निर्णय

ओली-प्रचण्डका दुई निर्णय

नेपालखबर
असार ४, २०७६ बुधबार १०:४,

प्रमुख प्रतिपक्षसहितको बैठक हुन नसकेपछि नेकपा अध्यक्षद्वय प्रम केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बैठक बसेर पार्टी सम्बन्धी केही महत्वपूर्ण निर्णय गरेका छन्।

राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने र पार्टी एकतालाई टुङ्ग्याउन शनिबार विहान केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय अध्यक्षद्वयले गरेका हुन्।

‘प्रमुख प्रतिपक्षसँग बैठक हुन नसकेपनि दुई अध्यक्ष ओली–प्रचण्डको बैठक भयो’ नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङले भने, ‘पार्टी एकता सम्बन्धी निर्णयका लागि बैठक भएको हो।’

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा सम्बोधन गर्ने सत्तापक्ष–प्रतिपक्षबीच बालुवाटारमा आयोजना गरिएको स्थगित हुन पुगेको हो।

बैठकमा प्रम केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) बरिष्ठ नेता माधव नेपाल सहभागी हुने तयारी थियो।

यसैगरी सत्तापक्षको तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, उर्जामन्त्री बर्षमान पुन, कानूनमन्त्री भानुभक्त ढकाल पनि सहभागी हुँदै थिए।

नेपाली कांग्रेसको तर्फबाट सभापति समेत रहेका संसदीय दलका नेता देउवा, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने भनिएको थियो।

‘तर, देउवाले प्रतिनिधि सभामा सम्बोधन गर्ने हुनु भएपछि उहाँ आउन सक्नु भएन’ उपनेता नेम्वाङले भने, ‘त्यसपछि अरु नेतालाई पनि बैठक स्थगित भएको जानकारी दिइयो।’

देउवाका कारण मात्र होइन, प्रम केपी शर्मा ओलीकै व्यस्तताका कारण पनि बैठक स्थगित हुन पुगेको हो। बैठक निर्धारण गरिएको विहान ११ बजे उनी कलंकीमा नमूना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै थिए।

त्यसपछि उनी बालुवाटारस्थित आफ्नो सरकारी निवास पुगे, जहाँ विहान १२ बजेदेखि ओली–प्रचण्डबीच झण्डै तीन दुई घण्टा लामो छलफल भयो।

गुठी सम्बन्धी विधेयकका कारण चर्केको आन्दोलनले दबाबमा परेका ओली लामो समयपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न तयार देखिएका छन्।

यसअघि केन्द्रीय सचिवालयले टुङ्ग्याइसकेको राजनीतिक प्रतिवेदन ओलीकै कारण अहिलेसम्म प्रकाशन हुन सकेको छैन। त्यसले गर्दा पार्टीभित्रै पनि ओलीप्रति संसय पैदा भएको छ।

राजनीतिक प्रतिवेदन प्रकाशन नहुँदा जनताको बीचमा के कुरा लिएर जाने भन्ने अप्ठेरो अन्य नेता–कार्यकर्तालाई परिरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad