आज (आइतबार) पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अढाई घण्टा बन्द हुने भएको छ।
बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थल बन्द हुने भएको हो। त्यस अबिधिमा कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा शनिबार पनि विमानस्थल अढाई घण्टा बन्द भएको थियो।
सी दिउँसो साढे १२ बजे काठमाडौँबाट स्वेदश प्रस्थान गर्ने कार्यक्रम छ।
चिनियाँ राष्ट्रपतिको सवारीको कारण आज पनि काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ। आइतबार रिङरोडभित्र ठूला मालवाहक गाडी प्रवेशमा प्रहरीले रोक लगाइएको छ।
सीको भ्रमणको अवसरमा सरकारले आइतबार देशैभर सार्वजनिक बिदा दिएको छ।
3
Shares

प्रतिक्रिया