ad ad

राजनीति


काठमाडौंमा सीसँगै ओर्लने छैनन् श्रीमती फङ्ग

काठमाडौंमा सीसँगै ओर्लने छैनन् श्रीमती फङ्ग

नेपालखबर
असोज २५, २०७६ शनिबार ६:४८,

धेरै तस्वीरहरूले देखाएजस्तै चीनका राष्ट्रपति सी चिनफिङ काठमाडौं ओर्लंदा श्रीमती फङ्ग ली युआन अर्थात् चीनकी ‘फस्ट लेडी’ सँगै हुने धेरैको अनुमान छ।

सन् २०१३ मा राष्ट्रपति भएयता अधिकांश विदेश भ्रमणमा सी चिनफिङसँगै देखिने गरेकी छिन् श्रीमती फङ्ग। विशेष विमानबाट आर्लंदा सी–फङ्ग सँगै ओर्लेका तस्वीर र भिडियोका प्रभावले यस्ता भ्रमणमा उनीहरू सँगै हुने धेरैले सोचेका हुन्छन्।

तर दोस्रो कार्यकालसहित करिब ६ वर्षदेखि चीनको राष्ट्रपति रहेयता आयोजना गरिएको पहिलो नेपाल भ्रमणमा सीसँग फङ्ग हुने छैनन्। काठमाडौंको विमानस्थलमा एयर चाइनाको विशेष विमानबाट सी–फङ्ग सँगै ओर्लेको देखिने छैन।

राष्ट्रपति सीसँग यसपाली भारतको अनौपचारिक र नेपालको पहिलो राजकीय भ्रमणमा श्रीमती फङ्ग सँगै आएकी छैनन्। सन् २०१४ मा सीको पहिलो भारत भ्रमणमा सँगै रहेर एक जना भारतीय विद्यार्थीलाई चुम्बन गरेपछि श्रीमती फङ्ग भारतीय सञ्चार माध्यममा निकै चर्चित बनेकी थिइन।

peng3

विदेश भ्रमणमा सँगै रहँदा श्रीमती फङ्ग खासगरी बालबालिका र महिलासँग अनौपचारिक भेटघाट र कुराकानीमा रमाउने गरेकी छिन्, जसलाई बेइजिङले पछिल्लो समय ‘सफ्ट कुटनीति’ भन्ने गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता गर्न तमिल नाडुको मामल्लपुरम पुगेका छन् सी। उनीसँग स्टेट काउन्सिलर याङ जेइची, अर्का स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी सहितको टोली छ। श्रीमती फङ्ग सीको टिममा छैनन्।

तमिल नाडुको चेन्न्ईबाट यही टिम आज अपरान्ह काठमाडौं उत्रँदैछ, जसमा श्रीमती फङ्ग ली युआन छैनन्।

शीर्ष चिनियाँ नेताहरूले प्रथम महिलालाई अत्यन्तै कम मात्र सार्वजनिक समारोहमा उपस्थित गराउने परम्परा अघोषित रुपमा देखिन्छ।

Peng4

चीनको राज्यशक्तिमा माओपछि शक्तिशाली ठानिएका वर्तमान राष्ट्रपति सी जिनपिङले भने अन्य धेरै परम्परासँगै त्यसलाई पनि तोडेका छन्। राष्ट्रपति सी जहाँ जहाँ भ्रमण गर्छन् साथसाथै हुन्छिन्, प्रथम महिला अर्थात् सीकि धर्मपत्नी फङ्ग ली युआन।

सीले सन् २०१२ मा राष्ट्रपतिको कुर्सी सम्हालेदेखि नै चर्चाको शिखरमा रहेकी श्रीमती फङ्ग ली युआन अनेकौं विषयसँग जोडिएकी छन् जसका कारण अन्तर्राष्ट्रिय पर्दामा सनसनी मच्चाउन उनी सफल भएकी छिन्। चीनभित्र र बाहिर उनको चर्चा यसरी व्याप्त हुनुमा राष्ट्रपति सीको श्रीमतीमात्र होइन, उनको सुन्दरता पनि त्यत्तिकै रहेको मानिन्छ।

Peng2

कुनै बेला अभिनेत्रीसमेत रहेकी फङ्ग ली युआनले सांस्कृतिक क्रान्ति सफल पार्न ठूलो योगदान गरेकी थिइन। एक चर्चित लोक गायिका, सैनिक अधिकारी र मायालु आमाका रुपमा पनि उनको छवि छ। अहिले उनले निखारेको छविका रुपमा चीनमा चार कुरालाई औंल्याइन्छ।

साँगितिक पृष्ठभूमि, बौद्धिक छवि, मिलनसार व्यक्तित्व र ड्रेस कोडले गर्दा चीनमा उनको छवि निकै माथि रहेको छ। 

यो पनिः
छिफाउमा खुल्छिन् चिनियाँ प्रथम महिला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .