राजनीति


राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई दशैँको टीका

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई दशैँको टीका

नेपालखबर
असोज २१, २०७६ मंगलबार ९:४९,

राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैँको टीका लगाई दिएकी छन्।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दशैँको टीका, जमरा र जमराको माला लगाई दिएकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिएकी छन्। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दशैँको टीका लगाई दिएकी छन्।

अहिले राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन सितल निवासमा सर्वसाधारणलाई पनि टीका लगाई रहेकी छन्। यस अघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा आमा मिथिला पाण्डेबाट दशैँको टीका ग्रहण गरेकी थिइन्।

NP_KTM_20191008__MG_1658.JPG

NP_KTM_20191008__MG_1664.JPG

 NP_KTM_20191008__MG_1685.JPG

 NP_KTM_20191008__MG_1684.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad