राजनीति


त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

नेपालखबर
असोज १८, २०७६ शनिबार १२:१७,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन्।

 शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर टिकाउन, सिकाउन एवं सक्षम बनाउने किसिमको शिक्षा प्रदान गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरे।

स्थानीय त्रिभुवन माविमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले वर्तमान समयमा सामुदायिक विद्यालयमा सिकाइ केन्द्रित पद्धतिलाई समयसापेक्ष घोकाइ प्रवृत्तिलाई त्याग गर्दै नवप्रविधिले पठनपाठन गराउनुपर्ने कुरामा जोड दिए। मन्त्री पोखरेलले यसभन्दा अगाडि पहुँचको आधारमा खोलिएका विद्यालयलाई गुणको आधारमा मर्जर गरी वैज्ञानिक तवरले व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याए।

कार्यक्रममा प्रदेशसभा सदस्य भरतप्रसाद साहले उचित भौतिक पूर्वाधारको अभावमा यहाँका विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउनका लागि मुस्किल परेको बताए।

नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालिम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गरे।

कार्यक्रममा त्रिभुवन मावि गौशाला, जनता मावि रजखोर र वीरेन्द्र मावि बेलगाछीका कक्षा १ मा भर्ना भएका ५०० विद्यार्थीलाई गैरआवासीय नेपाली सङ्घले शैक्षिक सामग्री, झोला तथा पोशाक वितरण गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad