राजनीति


संसद सचिवालयमा टाँसियो महराको राजीनामाको सूचना

संसद सचिवालयमा टाँसियो महराको राजीनामाको सूचना

नेपालखबर
असोज १५, २०७६ बुधबार ८:३९,

प्रतिनिधि सभाका सभामख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामाको सूचना संसद सचिवालयमा टाँसिएको छ।

यौन दुर्व्यवहारको आरोप लागेपछि महराले मंगलबार छानबिनलाई सहयोग पु¥याउन भन्दै उपसभामुख शिवमाया तुम्बाहाम्फे समक्ष पदबाट राजीनामा दिएका थिए।

सभामुख महरामाथि संसद सचिवालययमै कार्यरत महिला रोशनी शाहीलाई उनकै कोठामा पुगेर यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

सो घटना सार्वजनिक भएपछि पार्टीको सल्लाहमा मंगलबार महराले पदबाट राजीनामा दिएका हुन्।

नियमावलीअनुसार संसद् चालू नरहेको अवस्थामा यसैगरी सभामुख वा उपसभामुखको राजीनामाको सूचना सूचना पत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ। महराले राजीनामामा छानबिन हुने समयसम्मका लागि भन्ने उल्लेख गरेको भए पनि संसद सचिवालयले यसरी सूचना प्रकाशित गरेपछि कानूनतः त्यो राजीनामा स्वीकृत भए सरहन नै हुने व्यवस्था छ। यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।

‘सम्माननीय सभामुख श्री कृष्णबहादुर महराले मिति २०७६ साल असोज १४ गते (हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु) भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकाले माननीय उपसभामुखज्यूको आदेशानुसार प्रतिनिधि सभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, संसद सचिवालयद्वार टाँसिएको सूचनामा उल्लेख गरिएको छ।

महराले आइतबार साँझ संसद सचिवालयमा कार्यरत रोशनी शाहीको तिनकुनेस्थित कोठामै पुगेर यौन दुर्व्यवहार गरेको आरोप शाहीले लगाएकी थिइन्। तर मंगलबार शाहीले महरा आफ्नो बाबु समानको मान्छे भएको र आफूहरुबीच लामो समयदेखि भेट नभएको भन्दै बयान फेरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad