ad ad

कारोबार


एनआईसी एसिया बैंकको छुट योजनामा ग्राहकको आकर्षण

एनआईसी एसिया बैंकको छुट योजनामा ग्राहकको आकर्षण

नेपालखबर
असोज १४, २०७६ मंगलबार ११:२५,

एनआईसी एसिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि दशैं सुपर चामत्कारिक उत्सव योजना ल्याएको छ। देशभरका ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने उक्त योजनामा ग्राहकको उच्च आकर्षण बढेको बैंकले जनाएको छ।

देशकै विभिन्न सहर र ठाउँहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा प्रत्येक ६ हजार ६ सय ७६ रुपैयाँको खरिदमा एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकको ग्राहक नभएका व्यक्तिले पनि भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेबिट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरुमा यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

यही ८ गतेदेखि सुरु भएको यो योजनासँगै बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ। छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार सोही गतिमा भइरहेको बैंकले जनाएको छ। यससँगै बैंकका प्रतिनिधिहरु ग्राहकहरुलाई डिजिटल कारोबार गर्दाका फाइदा र सहजताबारे जानकारी गराउनुका साथै यसप्रति अभिप्रेरित गराइएको पाइएको भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न पुगेका सर्वसाधारणको भनाइ छ।

भक्तपुर ठिमीका सन्त कुमार कोजुले आफू केटाकेटीको लागि लुगा किन्न आएको तर एनआईसी एसिया बैंकको स्टलमा तुरुन्त डेबिट कार्ड बनाउने अफर देखेपछि सो कार्ड प्रयोग गर्दा पाएको छुटले आफ्नो लागि पनि नयाँ जुत्ता किन्न पाउँदा खुसी लागेको बताए। यसैगरी ललितपुर पुलचोकको भाटभटेनी पुग्नुभएकी अनुराधा शर्माले दशैंमा घर जानुअघि भाटभटेनीको अफर सुनेर सपिङ गर्न पुगेको बताउँदै डिस्काउन्ट अफरले आफूजस्ता विद्यार्थीलाई राहत भएको अनुभव बाँडे।

कात्तिक १६ गतेसम्म लागू हुने यो योजना अवधिभर देशभरका १६ स्थानका भाटभटेनी सुपरमार्केटबाट हजारौंले तिहार र छठ पर्वसम्म यो अवसरको सदुपयोग गर्नसक्ने बैंकले जनाएको छ ।
दशैंका लागि परिवारसँग सपिङ गर्ने सोचमा रहनुभएका सबैलाई यो सुविधाले सीमित नगद बोकेका कारण मनपरेको वस्तु लिने वा छोड्ने अनि उस्तै वस्तु अर्को दिन अन्त पाइने वा नपाइने दुविधाबाट छुटकारा पनि पाइने बैंकले जनाएको छ ।

यससँगै बिना झन्झट गुणस्तरीय सेवाबाट आफ्ना ग्राहकहरुले अधिकतम लाभ प्राप्त गर्न सकुन भन्ने आशयका साथ यो विशेष छुट प्रदान गरिएको बैंकको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .