राजनीति


‘छानबिन नसकिएसम्मका लागि’ मात्र महराको राजीनामा?

‘छानबिन नसकिएसम्मका लागि’ मात्र महराको राजीनामा?

नेपालखबर
असोज १४, २०७६ मंगलबार ७:३६,

यौन दुराचार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गर्दै उनले राजीनामा पत्रमा लेखेका  छन्, ‘आरोपबारे सत्यतथ्य निष्पक्ष र स्वतन्त्र छानिबनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु।’

यसअघि नेकपाको सचिवालय बैठकले राजीनामा दिन महरालाइ आग्रह गर्ने निर्णय गरेको थियो।

mahara rajinamaमहराको राजीनामा पत्र

महराको राजीनामाको भाषाप्रति नेकपाकै नेताहरूले असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली एक नेताले राजीनामा सर्तसहितको नहुने बताए।

'राजीनामा भनेपछि त्यो राजीनामा नै हो, त्यो पाँच महिना, एक वर्ष वा काम नसकिउन्जेलसम्म भन्ने हुँदैन', ती नेताले भने, 'सभामुखले राजीना दिनुभएको हो निलम्बन गरिएको होइन।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .