ad ad

राजनीति


सरकारले भय र त्रासको राज स्थापना गर्न खोज्योः मिनेन्द्र रिजाल

सरकारले भय र त्रासको राज स्थापना गर्न खोज्योः मिनेन्द्र रिजाल

नेपालखबर
असोज १४, २०७६ मंगलबार ७:३७,

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन्।

तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दाबी गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले अन्य पार्टीमाथि ‘बाघझैं झम्टिन’ तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘सिंहझै गर्जन’ पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएर कम्युनिष्ट पार्टी बाहेकका अन्य राजनीतिक दलहरुको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र गरिरहेको दाबी पनि गरे।

काँग्रेस नेता रिजालले नागरिकलाई भयभीत बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई गतिविधि गर्न नदिने योजना बनाईरहेको उल्लेख गर्दै सह्य नहुने चेतावनी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .