राजनीति


शेखर भन्छन्ः कांग्रेस तदर्थवादमा चल्न सक्दैन, नयाँ नेतृत्व चयन गरौँ

शेखर भन्छन्ः कांग्रेस तदर्थवादमा चल्न सक्दैन, नयाँ नेतृत्व चयन गरौँ

नेपालखबर
असोज १३, २०७६ सोमबार ७:३२,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको बताएका छन्।

सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताए।

महाधिवेशन नभई कांग्रेसमा ऊर्जा नथपिने उनको भनाइ थियो। उनले भने, ‘महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने कांग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ।’ कांग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उनले थपे, ‘सडक र सदन तताउनुपर्छ।’ सडक तताउनका लागि नेविसंघ, तरुण दल, महिला संघ, दलित संघजस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ।’

नेतृत्वको कमजोरीका कारण पार्टी समस्यामा पर्न नहुने उनको भनाइ थियो। उनले भने, ‘समयमा नै नेतृत्व चयन गरौँ। अब कांग्रेस तदर्थवादमा चल्न सक्दैन।’

जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उनले त्यस्तो प्रवृत्तिको आलोचना गरे। ‘विचार र बोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ’, नेता कोइरालाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad