राजनीति


कांग्रेस नेता सिंहले भनेः भाषणले देश बन्दैन

कांग्रेस नेता सिंहले भनेः  भाषणले देश बन्दैन

नेपालखबर
असोज ११, २०७६ शनिबार ६:१५,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन्।

काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले चाडपर्वको बेला महँगी ह्वात्तै बढेको बताए।

‘दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन’, उनले भने। जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उनको भनाइ थियो।

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे। ‘सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन’, नेता सिंहले भने। नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad