ad ad

कारोबार


रन सुजको दशैँ तिहार लक्षित अफर

रन सुजको दशैँ तिहार लक्षित अफर

नेपालखबर
असोज ९, २०७६ बिहिबार ९:५८,

फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले दशैँ तिहार लक्षित उपहार योजना ‘साँवा भन्दा ब्याज ठुलो’ रिलोडेड सार्वजनिक गरेको छ।

जस अन्र्तगत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन मार्फत स्क्र्याच गरी आफूले बोक्नसक्ने जति पैसा र रु. २ लाखसम्म प्राप्त गर्न सकिने छ। कम्पनीका अनुसार यस योजनामा ७ वटै प्रदेशवाट ७ जनालाई आफूले बोक्न सकेजति रुपैयाँ र स्क्र्याच कार्ड मार्फत २ लाखसम्म नगद प्राप्त गर्न सकिने छ।

स्वदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा रन सुजले विशेष जोड दिएको छ।

रन सुज इण्डष्ट्रिज प्रा.लि. को उत्पादन रन सुजले जुत्ता तथा चप्पलहरुका नयाँ मोडलहरु करिब २५० मोडल समेत सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज स्कुल कलेज सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन्।

रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध छन्। रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत रहेकोे छ । यो योजना सिमित अवधि सम्मका लागि लागु गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .