राजनीति


औषधि पसलहरुको अनुगमनमा कडाई गर्ने सरकारको तयारी

औषधि पसलहरुको अनुगमनमा कडाई गर्ने सरकारको तयारी

नेपालखबर
असोज ८, २०७६ बुधबार ९:२४,

सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन विनानै औषधि विक्री वितरणको काम भईरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका हुन्। ‘वल्ड फर्मासिष्ट डे’ को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले औषधि पसलहरुको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि बताए।

औषधि पसलहरुको अनुगमनको काम संघीय सरकार आफैंले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सो जिम्मेवारीबाट पन्छिन नमिल्ने पनि राज्यमन्त्री यादवको भनाई थियो।

राज्यमन्त्री यादवले औषधि पसलहरुको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad