अटो


इजरायलमा हाइड्रोजन ट्रक परीक्षण गर्दै हुन्डाई

इजरायलमा हाइड्रोजन ट्रक परीक्षण गर्दै हुन्डाई

नेपालखबर
असोज ८, २०७६ बुधबार ९:१६,

दक्षिण कोरियाली सवारीसाधन निर्माता कम्पनी हुन्डाई मोटरले आउँदो वर्ष इजरायलमा ठूलो स्केलमा हाइड्रोजन ट्रकको परीक्षण गर्ने भएको छ। बिजनेस वेबसाइट काल्कालिस्टका अनुसार परीक्षणका लागि उपयुक्त मानिने इजरायली सडकमा उक्त ट्रकको आगामी वर्ष परीक्षण गरिनलागेको हो।

विगत ५० वर्षयता हाइड्रोजन सवारीसाधनहरु निर्माण भइसके पनि त्यसले व्यावसायिक रुप भने लिइसकेको छैन। हाइड्रोजन इन्धनवाला सवारीसाधनहरु पेट्रोलियम इन्धनभन्दा कम खर्चालु हुन्छन्। केही वर्षयता विभिन्न पर्यावरणीय नियमहरु लागू हुनथालेपछि होन्डा, टोयोटाजस्ता धेरै कार उत्पादकहरु हाइड्रोजन पावरयुक्त कार निर्माणमा जुटिसकेका छन्। हुन्डाईका परीक्षणको लागि इजरायल उपयक्त स्थान समेत रहेको बताइन्छ।

त्यहाँका सडक र मौसमी अवस्था खासगरी मृतसागर क्षेत्रमा हुने उच्च तापक्रम यस्तो परीक्षणका लागि उपयुक्त हुनेछ। प्रकाशित रिपोर्टअनुसार हुन्डाई मोटरको उच्चस्तरीय टोलीले भर्खरै इजरायलको भ्रमण गरेको थियो। सो क्रममा इजरायली सरकारी अधिकारीहरुसँग यसबारे छलफल गरेका थिए । इजरायली प्रधानमन्त्रीको कार्यालयसँग समेत यसबारे छलफल भइसकेको बताइएको छ।

रिपोर्टअनुसार तावुआरा समूहले उक्त परीक्षण गर्नेछ भने इजरायलको ठूलो सडकमा उक्त कार्यक्रम हुनेछ। इजरायलमा हुन्डाई मोटरको प्रतिनिधि कम्पनी कोल्मोबिलले पनि महत्वपूर्ण सहकार्य गर्ने बताइएको छ । युरोपमा यसअघि नै हुन्डाईले हाइड्रोजन ट्रकहरु सार्वजनिक गरिसकेको छ । सो क्रममा चार सय किमि ड्राइभिङ रेन्ज सात मिनेटको हाइड्रोजन रिफ्युलमा पूरा गर्न सफल भइसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad