कारोबार


११ अर्ब डलर खर्चेर चीनले बनायो विशाल एयरपोर्ट

११ अर्ब डलर खर्चेर चीनले बनायो विशाल एयरपोर्ट

नेपालखबर
असोज ८, २०७६ बुधबार ९:४७,

चीनले ११ अर्ब अमेरिकी डलर लागतमा निर्माण गरेको विशाल एयरपोर्ट आजबाट खुल्ला गरेको छ। ७०औँ वार्षिकोत्सव मनाउने दिनअघि चीनले नयाँ दाजिङ अन्तर्राष्ट्रिय विमानस्थल राजधानी बेइजिङमा खुल्ला गरेको हो।

राष्ट्रपति सि जिनपिङले बुधबार नयाँ एयरपोर्टको उद्घाटन गरेको बीबीसीले जनाएको छ। ७ लाख वर्गमिटर ओगट्ने यो एयरपोर्ट झण्डै ९८ वटा फुटबल मैदानबराबरको रहेको चाइना डेलीले जनाएको छ। एयरपोर्ट काउन्सिलका अनुसार बेइजिङको अहिले रहेको एयरपोर्ट विश्वकै व्यस्तमा एटलान्टापछि दोस्रो नम्बरमा पर्छ। नयाँ एयरपोर्टले बेइजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमाथि परेको चाप क्रमशः घट्ने विश्वास गरिएको छ।

दाजिङ एयरपोर्टलाई विश्वकै ठूलो टर्मिनलयुक्त एयरपोर्ट रहेको बताइन्छ। आगामी सन् २०२५ सम्ममा यो एयरपोर्टले १७ करोड यात्रुलाई रिसिभ गर्ने विश्वास गरिएको छ। ग्लोबल टाइम्सका अनुसार सातवटा चिनियाँ आन्तरिक एयरलाइनहरुले अपरेसन सुरु गर्नसक्नेछन्। पहिलो उडान भने चाइना साउदर्न एयरलाइनको ए३८० जहाजले गरेको छ। यो एयरपोर्टमा ब्रिटिश एयरवेज, क्याथे प्यासिफिक र फिन एयरले यसअघि नै उडान घोषणा गरिसकेका छन्।

तियानमेन क्षेत्रको दक्षिणतर्फ ४६ किमि दूरीमा रहेको यो एयरपोर्टको डिजाइन जाहा हादिदले गरेको हो। बेइजिङमा दोस्रो विमानस्थल खुलेसँगै सहरमा दुई एयरपोर्ट हुने न्युयोर्क, लन्डनको सूचीमा बेइजिङ पनि थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .