राजनीति


प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुखबीच भेटर्वार्ता

प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुखबीच भेटर्वार्ता

नेपालखबर
असोज ७, २०७६ मंगलबार ९:२९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले मंगलबार बिहान भेटवार्ता गरेका छन्। राजधानीस्थित होटल मेरिओटमा भएको भेटमा दुवै देशका कम्युनिष्ट पार्टीका गतिविधिबारे कुराकानी भएको थियो।

भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका थिए।

उनले दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए।

‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु’, अध्यक्ष प्रचण्डले भने।

chinese leader song1

चिनियाँ विदेश विभाग प्रमुख सोङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए। उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त महत्वपूर्ण भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने औँल्याए।

‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’ सोङले भने। नेकपा र सीपीसीबीच औपचारिक सम्बन्ध स्थापनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा दुवै नेताबीच ‘साइड लाइन’ बैठक भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad