नेपालका लागि जापानको राजदूत मासामिचि साइगोले बुधबार काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रिय सभागृहको बिशिष्ट कक्षमा उनीहरुबीच करीब आधा घण्टा कुराकानी भएको थियो।
कुराकानीका क्रममा मेयर शाक्यले जापान र नेपाल दुई देशसँगै जापान र नेपालका नगर—नगरबीचको सम्बन्धमा असर हुने कुनै पनि काम कसैबाट नहुने बताए।
भेटका क्रममा राजदूत साइगोले आगमछेँसहित काठमाडौंमा भएका सांस्कृतिक मूर्त अमुर्त सम्पदाबाट आफू प्रोत्साहित रहेको बताए। इन्द्रजात्राको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘कुमारी रथ यात्रा गर्दा रथबाट फूल फाल्ने रहेछन्। यसरी फालिएको एउटा फूल मैले पनि भेटेको छु। फूल अलि ओइलाएको छ तर त्यसलाई जोगाएर राखेको छु।’
भेटका क्रममा कार्यपालिका सदस्यहरु तथा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरु सहभागी थिए।
प्रतिक्रिया