ad ad

राजनीति


प्रहरी समायोजन विधेयक पारित, समायोजनको बाटो खुल्यो

प्रहरी समायोजन विधेयक पारित, समायोजनको बाटो खुल्यो

नेपालखबर
असोज १, २०७६ बुधबार १२:४९,

प्रहरी समायोजनसँग सम्वन्धित दुई वटा विधेयक संघीय संसदका दुबै सदनबाट पारित भएको छ।

मुलुक संघीयतामा गएको लामो समयपछि विधेयक पारित भएसँगै प्रहरी समायोजनको बाटो खुलेको छ। प्रतिनिधि सभामा उत्पति भएका नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय विधेयक तथा प्रहरी समायोजन विधेयक राष्ट्रिय सभाले सामान्य संशोधन गरी प्रतिनिधि सभामा पठाएको थियो। राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेसँगै प्रमाणिकरणको बाटो खुलेको हो।

दुबै विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको एक सातापछि कार्यान्वयनमा आउने छ।

प्रतिनिधि सभाले तत्काल कार्यान्वयन हुनेछ भनेर पारित गरेपनि संशोधनको क्रममा राष्ट्रिय सभाले प्रमाणिकरण भएको एक सातापछि कार्यान्वयन हुनेछ भन्ने प्रावधान राखेको छ। दुबै विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएर कार्यान्वयनमा आएपछि प्रहरी समायोजन गरी अपुग भएको अवस्थामा प्रदेशले नै नियुक्त गर्ने पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .