ad ad

राजनीति


संसदीय समितिलाई सभामुखको निर्देशनः सरकारका कामलाई नियन्त्रण गर्ने गतिविधि नगर्नुहोस्

संसदीय समितिलाई सभामुखको निर्देशनः सरकारका कामलाई नियन्त्रण गर्ने गतिविधि नगर्नुहोस्

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ७:५१,

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्।

सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे।

संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनेको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको गम्भिर ध्यानाकर्षण पनि गरारेका हुन।

‘मलाई प्रधानमन्त्री आफंैले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ,’ सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पार्दै भने, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौंन त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नुभयो।’ सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाब र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्ट पारे। उनले संविधानको अध्ययन गरेर सो अनुसार कानून, ऐन, निर्देशिका निर्माण भए÷नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई कडा निर्देशन दिए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .