समाज


भारतमा डुङ्गा दुर्घटना हुँदा १२ को मृत्यु, ३९ बेपत्ता

भारतमा डुङ्गा दुर्घटना हुँदा १२ को मृत्यु, ३९ बेपत्ता

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ७:४३,

त्यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा दुर्घटनामा परेको थियो। त्यस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

यस डुङ्गामा ७३ यात्रु रहेका र यसमा २६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रहरी अधिकारी आद्नान आज्मीले एएफपीलाई बताएका छन्।

करिब ३ सय व्यक्तिहरुले डुङ्गा तथा हेलिकोप्टरको समेत प्रयोग गरी हराइरेहका व्यक्तिहरुको खोजी कार्यलाई जारी राखेका बताइएको छ। खोजी अभियानमा भारतीय नौसेना र राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) पनि संलग्न रहेका जनाइएको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति गहिरो दुख व्यक्त गरे। मोदीले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका छन्।

सरकारले जिल्लास्थित सबै डुङ्गा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .