ad ad

राजनीति


भागदौडका क्रममा ३१ को मृत्यु, १०० घाइते

भागदौडका क्रममा ३१ को मृत्यु, १०० घाइते

नेपालखबर
भदौ २५, २०७६ बुधबार १५:५७,

इराकमा भएको एउटा भागदौडको घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

शिया मुस्लीम धर्मावलम्बीहरूको धार्मिक कार्यक्रममा भएको भागदौडका क्रममा अरू सय जना घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

इराकी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले घाइते भएका मध्ये दश जनाको अवस्था गम्भीर रहेको जनाएका छन्। धार्मिक कार्यक्रम भइरहेका बेला मध्याह्नको समयमा भागदौड भएको थियो।

इमाम हुसेनको समाधिस्थलमा प्रवेश गर्ने बेलामा हजारौँ धर्मावलम्बी एकैपटक छिर्न खोज्दा समस्या भएको बताइएको छ। शिया मुश्लीम धर्मावलम्बीहरूले हरेक वर्ष हुसेनको वार्षिकी मनाउने गर्दछन्।

घटनामा परी घाइते भएका मध्ये केहीको छातीमा र केहीको टाउकोमा चोट लागेको चिकित्सकहरूले बताएका छन्।

पछिल्लो दश दिनमा ४० लाख शिया धर्मावलम्बीहरू देशका विभिन्न ठाउँबाट कार्बालामा आएका छन्। त्यहाँ आउनेहरू कतिपय देश बाहिरका समेत रहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .