ad ad

राजनीति


विप्लवका छोरा प्रकाश चन्द चितवनमा पक्राउ

विप्लवका छोरा प्रकाश चन्द चितवनमा पक्राउ

नेपालखबर
भदौ २५, २०७६ बुधबार ५:२,

नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो।

उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन्। जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए।

उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीलाई पनि प्रहरील पक्राउ गरेकाे छ।

अस्पतालभित्र पसेर सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .