ad ad

कारोबार


ललितपुर जिल्ला अदालतमा एनआईसी एसियाको एक्स्टेन्सन काउन्टर

ललितपुर जिल्ला अदालतमा एनआईसी एसियाको एक्स्टेन्सन काउन्टर

नेपालखबर
भदौ २५, २०७६ बुधबार ५:३,

एनआईसी एसिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटीएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे। ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटीएम मेसिन सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २ सय ९८ शाखा कार्यालयहरु, ३ सय ५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ।

त्यस्तै वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .