अखिल नेपाल बुद्धीजिवी संघको अध्यक्षमा प्रा.डा. श्रीधर गौतम चयन भएका छन्।
काठमाडौंमा सम्पन्न संघको राष्ट्रिय भेलाले प्राध्यापक गौतमको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समितिको चयन गरेको हो।
संघको अन्य पदाधिकारिहरुमा उपाध्यक्ष–काजी गाउँले श्रेष्ठ(बाग्लुङ) महासचिव–योगेन्द्र ढकाल(काठमाडौं), सचिव–भरतमणि भण्डारी(काठमाडौं), कोषाध्यक्ष–भोला ढकाल(काठमाडौं), सचिवालय सदस्यहरुमा गोपाल गिरी(चितवन), दूर्गा खरेल(रुपन्देही) तथा सदस्यहरुमा रविमोहन ढकाल(कास्की), सिद्धीमान जिसी(प्यूठान), टोपाराम आचार्य(प्यूठान), जिवनारायण खनाल(अर्घाखाँची), भानुभक्त भारती(सुर्खेत(, बैरागी जेठा(नुवाकोट), लिलाबहादुर जिसी(काठमाडौं), कमला थापा(बाग्लुंग), जनकराज तिवारी(नवलपुर), केशवराज खनाल(दांग), तारामणि न्यौपाने(कंचनपुर), योगराज आचार्य(कैलाली) छन्।
त्यस्तै वैकल्पिक सदस्यहरुमा बबिता थापा(किर्तीपुर), जितेन्द्र ढकाल(काठमाडौं), दयाराम संज्याल(कैलाली), गिरबहादुर महतारा(नवलपुर), धनबहादुर कुँवर(बाग्लुंग) र साधुराम नेपाल(सिन्धुपाल्चोक) निर्वाचित भएका छन्।
समितिको सल्लाहकारहरुमा लिलाबहादुर केसी(रुपन्देही), मनबहादुर खत्री(रुपन्देही), होमनाथ शर्मा(कास्की), चुनचुन केसी(दाङ), नरेन्द्रबहादुर थापा(अर्घाखाँची), र श्रीकृष्ण न्यौपाने(लमजुङ) रहेका छन्।
भेलाको उद्घाटन शनिबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। कार्यक्रममा नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरी, प्राध्यापक डा. गोविन्द आचार्य,कम्युनिष्ठ संग्राहलयका महासचिव डा.खेम बन्धु कोइराला, नेपाल पत्रकार महासंघका सचिव एवं प्रगतिशील पत्रकार संघका महासचिव उदय जिएमलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया