कारोबार


बेरोजगारका लागि ‘रोजगारी पसल’

बेरोजगारका लागि ‘रोजगारी पसल’

नेपालखबर
भदौ २२, २०७६ आइतबार १०:१०,

बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ। बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु-याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने दक्ष कामदारको माग सहज रुपमा पु¥याउन यसले मद्दत गर्ने बताए।

प्रबन्ध निर्देशक गिरीले यस पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेका लागि पुलको काम गरिने जानकारी दिए। ‘हामीले रोजगारदाता संघसंस्थाको माग अनुसारका दक्ष कामदार उत्पादन गरेर पठाउँछौँ’, उनले भने, ‘यसबाट विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै सीप सिकेर सीपअनुसारको जागिर खान वा आयआर्जन गर्न सकिनेछ।’

सन् २०१२ मा स्थापना भई काठमाडौँ, इटहरी र पोखराजस्ता शहरमा यस पसलले सेवा प्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जीव निरौलाले बताए। हालसम्म देशैभरिबाट एक लाख ५० हजारभन्दा बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनको जिकिर थियो।

उक्त पसलमा हाल पाँच हजारभन्दा बढी रोजगारदाता संघसंस्थाले आबद्धता जनाएका छन्। करीब आठ हजारभन्दा बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन्। उक्त पसलका शाखाप्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगन्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने र त्यस्ता व्यक्तिका लागि आवश्यकता अनुसारको तालीमको व्यवस्थासमेत गरिने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad