ad ad

राजनीति


प्रधानमन्त्री ओलीलाई भेट्न वामदेव पनि आज सिंगापुर जाँदै

प्रधानमन्त्री ओलीलाई भेट्न वामदेव पनि आज सिंगापुर जाँदै

नेपालखबर
भदौ १८, २०७६ बुधबार २:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतम आज (बुधबार) सिंगापुर जाने भएका छन्।

सिंगापुरमा मिर्गाैलाको उपचार गराइरहेका प्रधानमन्त्रीलाई भेट्न गौतम आज दिउँसो त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

‘सिल्की एयरबाट दिउँसो १ बजे उहाँ सिंगापुर प्रस्थान गर्नुहुन्छ,’ नेपाल खबरसँग रिजालले भने।

नेकपा महासचिव विष्णु पौडेल हिजै (मंगलबार) सिंगापुर गइसकेका छन्। नेता गौतम पनि हिजै जाने तयारी थियो। तर अन्तिम समयमा उनले सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए।

तर प्रधानमन्त्रीले नै बोलाएपछि उनी आज सिंगापुर जान लागेको नेकपा स्रोतको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .