राजनीति


उपनिर्वाचनका लागि दल दर्ता भदाै भित्र

उपनिर्वाचनका लागि दल दर्ता भदाै भित्र

नेपालखबर
भदौ १६, २०७६ सोमबार १०:४,

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ।

निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई सो उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको हो। २०७४ सालको निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुले भने दल दर्ता गरिरहन नपर्ने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।

आयोगको सो व्यवस्था अनुसार तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको सत्तारुढ नेकपाले पनि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने हुन्छ। आयोगका प्रवक्ता खरेलले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने म्याद यही भदौ मसान्तसम्म कायम गरिएको पनि स्पष्ट पारे।

निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दलहरुले आफ्नो वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्ने पनि जनाएको छ। त्यसैगरी दलको विधान, नियमावली, घोषणा पत्र, निर्वाचन चिन्ह पनि दल दर्ताको लागि दिइएको निवेदनमा समावेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता खरेलले जानकारी दिए।

विभिन्न कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .