बंगलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले पद तथा गोपनयिताको सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा राजदूतद्वयले शपथ लिएका हुन्।
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। रासस
3
Shares

प्रतिक्रिया