ad ad

राजनीति


भ्रातृसंस्थाबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

भ्रातृसंस्थाबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

नेपालखबर
भदौ ११, २०७६ बुधबार ४:१०,

निष्क्रिय अवस्थामा रहेका आफ्ना भ्रातृसंस्थाबारे छलफल गर्न आज (बुधबार) नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ।

महामन्त्री पूर्णबहादुर खड्काले गत २२ असार गतेको बैठकमा पेस गरेका १४ एजेन्डामध्ये आजको बैठकमा पार्टीका भ्रातृसंस्थाबारे छलफल गर्न लागिएको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ। समयमै अधिवेशन हुन नसक्दा ती भ्रातृसंस्था अस्तित्वमा मात्रै सीमित भएका छन्।

कांग्रेसको नर्सरी मानिने नेविसंघ समयमा अधिवेशन हुन नसकेपछि गत माघमा विघटन भइसकेकाे छ।  

तसर्थ निष्क्रिय अवस्थामा रहेका नेविसंघलगायत भ्रातृसंस्थालाई पुनः सक्रिय बनाउनेबारे आज बस्ने कांग्रेस बैठकले निर्णय गर्ने बताइएको छ।

असार तेस्रो सातादेखि कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । १४औं महाधिवेशन र अन्तरिम संरचना गठनलगायत मुख्य एजेन्डामा कांग्रेसले छलफल गरिसकेकाे छ। 

बुधबारको बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियानसहित विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायत विषयमा पनि छलफल सुरु गर्ने कांग्रेसकाे तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .