ad ad

समाज


सुर्खेतमा बस पल्टियाे, ३ जनाकाे मृत्यु, २७ यात्रु घाइते

सुर्खेतमा बस पल्टियाे, ३ जनाकाे मृत्यु, २७ यात्रु घाइते

नेपालखबर
भदौ ११, २०७६ बुधबार ३:२४,

सुर्खेतमा आज (बुधबार) बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ९३ २७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका-५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो।

मृत्यु भएकाहरूको नाम ठेगाना खुलिसकेको छैन। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुर लगिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .