उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकाकी फस्र्ट लेडी मलानिया ट्रम्पबीच भेट नभएको अमेरिकाको राष्ट्रपतिय कार्यालय ह्वाइट हाउसले जनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती मलानिया र किमबीच भेट भएको र मलानियाले किमबारे धेरै कुरा बुझ्ने मौका पाएको बताएका थिए।
ट्रम्पले सोमबार फ्रान्सको जी७ सम्मेलन सकिएपछि भनेका थिए,‘फस्र्ट लेडीले किम जोङ उनलाई चिन्ने मौका पाइन्, मलाई लाग्छ उनी पनि सम्भावना बोकेको देशको नेता किम हुन भन्नेबारेमा मसँग सहमत छिन्।’
तर ह्वाइट हाउसका प्रेस सचिव स्टेफेनी ग्रिसामले मलानिया र किमबीच कहिल्यै भेट नै नभाएको बताएका छन्।
ट्रम्प र किमबीच हालसम्म ३ पटक भेट भएको छ। कुनै भेटमा ट्रम्पसँग मलानिया उपस्थित थिइनन्।
राष्ट्रपति कार्यालयले नै ट्रम्पको भनाइ झुठो भएको पुष्टि गरिदिएको हो।


प्रतिक्रिया