समाज


बुटवलबाट काठमाडौं ल्याउँदै गरेका आरोपी थानकोटबाट फरार

बुटवलबाट काठमाडौं ल्याउँदै गरेका आरोपी थानकोटबाट फरार

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १०:३१,

मोटरसाईकल चोरी आरोपमा बुटवलबाट काठमाडौं ल्याउदै गरेका आरोपी थानकोटबाटै फरार भएका छन्। इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेका भिमबहादुर सुनार प्रहरीको सुरक्षा घेरा तोडेर फरार भएका हुन्।

सँगै रहेका अर्का आरोपी रविन नेपालीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। 

महाशाखाका अनुसार भदौ ४ मा काठमाडौंको नागर्जुन नगरपालिका–४ सितापाईलाबाट प्रकाश तामाङको नाममा रहेको लु ५२ प ८५०५ नं को रातो कालो रंगको २२० सीसीको मोटरसाईकल चोरी कार्यमा संलग्न रहेका रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौंको टेकु बस्ने बर्ष २६ को रबिन नेपाली र मोटरसाईकल खरिद गर्ने भिम बहादुर सुनारलाई प्रहरीले बुटवल बजारबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको लागी काठमाडौं ल्याउँदै थियो।

मंगलबार बिहान करिब ४ बजे सार्वजनिक सवारीसाधनबाट प्रहरीको आँखा छली दुबै अभियुक्त फरार भएका थिए।

तत्कालै खोजी कार्यमा जुटेको प्रहरीले रविनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त स्वयम्भु पठाएको र भिमबहादुरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad