राजनीति


प्रतिबन्ध हटाउन अमेरिकाले अग्रसरता देखाउनुपर्छः इरान

प्रतिबन्ध हटाउन अमेरिकाले अग्रसरता देखाउनुपर्छः इरान

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ८:१०,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रुहानीको प्रतिक्रिया आएको हो।

सरकारी टेलिभिजनबाट प्रशारित एउटा भाषणमा राष्ट्रपति रुहानीले भने, “पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो। इरानमाथि लगाइएका सबै गैरकानुनी, अन्यायपूर्ण र गलत प्रतिबन्धहरु फिर्ता हुनु पर्दछ।”

“सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ,” भन्दै राष्ट्रपति रुहानीले संयुक्तराज्य अमेरिकालाई सबैभन्दा ठूलो चिन्ताको विषयका रुपमा रहेको आणविक बम बनाउने कुरा हामीले पहिल्यै त्यागिसकेका बताए।

रुहानीले भने“यदि अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिल्यै सम्बोधन गरिसकेका छौं। इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ।”

खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश (फत्वा) जारी गरिसकेको इरानी दाबी छ।

“त्यसर्थ पहिलो कदम अमेरिकाले नै लिनु पर्दछ। यो कदम बेगर यो गाँठो खुल्दैन,” तेहरानमा एउटा हाउजिङ परियोजनाको शिलान्यास समारोहमा सम्बोधन गर्दै राष्ट्रपति रुहानीले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका छन्। एएफपी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad