ad ad

राजनीति


चिनियाँ राष्ट्रपति सीले चेतावनीपूर्ण भाषामा भनेः चीन कुनै शक्तिसँग दबिने राष्ट्र होइन

चिनियाँ राष्ट्रपति सीले चेतावनीपूर्ण भाषामा भनेः चीन कुनै शक्तिसँग दबिने राष्ट्र होइन

नेपालखबर
असार १७, २०७८ बिहिबार ८:१४,

कम्युनिस्ट पार्टीको शतवार्षिकीको क्रममा बेइजिङको तियानआनमेनमा आयोजना गरिएको कार्यक्रममा चीनका राष्ट्रपति सी चिनफिङले चेतावनीपूर्ण भाषामा चीन कुनै शक्तिसँग पनि दबिने राष्ट्र नभएको बताए।

‘विदेशी शक्तिले हामीलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुनेछ’ सीले भनेका छन्।

अमेरिकालाई इंगित गर्दै उनले ‘आफू मात्रै असल’ भनेर अरूलाई दिने उपदेशलाई बेइजिङले नसहनले पनि उल्लेख गरे।

हङकङ र सिनजियाङमा मानवअधिकार उलङ्घन र दमनका घटनाहरू बढेको पश्चिमा राष्ट्रहरुको आरोपबीच सीको पछिल्लो भनाइ हो।

China's Xi pledges 'reunification' with Taiwan on party's birthday -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articles

त्यस्तै हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ।

ताइवानको मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण हो। प्रजातान्त्रिक ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त भन्ने गर्छ।

अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग गरेर आफूमा विलय गर्न खोजेमा उस्लाई आफ्नो बचाउ गर्न सक्ने सहयोग प्रदान गर्न आवश्यक पर्दछ।
China: Xi Jinping is Beijing that is bullying between the Chinese Communist  Party of the 100 anniversary says that it would be no more - Worldakkam

बिहीबार राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको ‘अविचलित प्रतिबद्धता’ रहेको पनि बताए।

शतवार्षिकी समारोह मनाउने क्रममा बिहीबार विहान सैनिक जेट विमानहरूले फ्लाइ पास्ट गरेका थिए भने तोपको सलामीका साथै देशभक्तिपूर्ण गीतहरू बजाइएको थियो। बीबीसी

Firmly in control, China's Communist Party marks centenary

Xi Jinping marks Chinese Communist party's centenary with warning to rivals  | Financial Times

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .