पार्टीको आन्तरिक विवाद सुल्झाउन गठन गरिएको नेकपा–एमालेको कार्यदलको बैठक बस्दै छ।
१० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएसँगै आज साँझ कार्यदलको बैठक बस्न लागेको हो।
समिट होटलमा बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी हुने जनाइएको छ।
शुक्रबार एमालेको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।
एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल नेतृत्वको समूहबीच विवादका कारण पार्टी विभाजनको डिलमा पुगेपछि विवाद समाधानको प्रयासस्वरुप दुवै तर्फका नेता सम्मिलित गरी एक कार्यदल गठन गरिएको थियो।
कार्यदलको बैठक पटक पटक बसेपनि कुनै सहमति हुन सकेको छैन।

प्रतिक्रिया