राजनीति


पटक–पटक संसद् विघटन संसदीय प्रणालीमाथिकै प्रहार होः सभामुख सापकोटा

पटक–पटक संसद् विघटन संसदीय प्रणालीमाथिकै प्रहार होः सभामुख सापकोटा

नेपालखबर
असार १६, २०७८ बुधबार ८:१३,

प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले पटक–पटक भएका संसद् विघटन संसदीय शासन प्रणालीमाथिकै प्रहार भएको गुनासो गरेका छन्।

संसद् दिवस २०७८ का अवसरमा शुभकामना सन्देश दिँदे सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

‘संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ’, सापकोटाले लेखेका छन्, ‘मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता हो।’

सभामुख सापकोटाले संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएका छन्।

वि.सं. २०१६ असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ।

agni sapkota pr77

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad