राजनीति


महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशको प्रश्न : केका लागि हस्ताक्षर गरेको सांसदले भन्ने कि तपाईंले?

महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशको प्रश्न : केका लागि हस्ताक्षर गरेको सांसदले भन्ने कि तपाईंले?

नेपालखबर
असार १४, २०७८ सोमबार ९:२९,

महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्। केही सांसदको नामै किटान गरेर उनले हस्ताक्षर दुरुपयोग भएको बहसका क्रममा बताए।

केही सांसदको हस्ताक्षरको शिलशिला नमिलेको र दलको आवद्धता पनि नखुलेको उनले बताए। तर महान्यायाधिवक्ता बडाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सांसदको हस्ताक्षर दुरुपयोग बारे अरुले प्रश्न गर्न नमिल्ने बताए।

‘को सांसदले के का लागि हस्ताक्षर गर्नु भएको थियो, सदुपयोग भयो कि दुरुपयोग भन्ने विषयमा त उहाँहरु नै बोल्नु पर्ने होला नि अरुले भनिदिने विषय हो र?’, प्रधानन्यायाधीश राणाले प्रश्न गरे।

केही सांसदले दुरुपयोगबारे बोलिसकेको बडालले बताए। किर्ते गरेर देउवाले दाबी पेश गरे पनि पूर्वप्रधानमन्त्रीहरुको इज्जतका लागि राष्ट्रपतिले यो कुरा बाहिर नल्याएको बताए।

‘राष्ट्रपति ज्यूले त पूर्वप्रधानमन्त्री ज्यूहरुको इज्जत जोगाइदिनु भएको थियो। तर अदालत आएर उहाँहरुले नै उदांगो बनाउनु भयो’, बडालले भने, ‘प्रधानमन्त्री नियुक्त गर्ने बेलामा कस्ता कागजात पेश गरियो भन्ने हेर्नुपर्छ। राष्ट्रपतिले त्यही हेरेर निर्णय गर्नु भएको हो।’

निवेदक पक्षका कानुन व्यवसायीको बहसमासमेत बडालले आपत्ति जनाए। ‘प्रधानमन्त्री र राष्ट्रपतिको हत्या गर्नेसम्मका विषय उठे। फ्रान्स र बेलायतमा राजा काटिएका थिए भन्नु भयो। नेपालमा पनि राष्ट्रपति र प्रधानमन्त्रीमाथि होस् भन्ने उहाँहरुको भनाइ थियो’, बडालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad