राजनीति


संसद् विघटन मुद्दा : आज रिट निवेदकको बहस सकिँदै

संसद् विघटन मुद्दा : आज रिट निवेदकको बहस सकिँदै

नेपालखबर
असार १३, २०७८ आइतबार ६:४,

संसद् विघटनको मुद्दामा शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदकका तर्फबाट आज बहस सकिँदै छ।

अन्तिम सुनुवाइको प्रारम्भिक बहसका लागि रिट निवेदकलाई १२ घण्टा समय दिइएको थियो।

बुधबारदेखि निवेदकका कानुन व्यवसायीले बहस सुरु गरेका हुन्।

अब उनीहरुका लागि निर्धारण गरिएको समय २ घण्टा ३५ मिनेट बाँकी छ।

रिट निवेदकको बहस सकिएपछि रिटका विपक्षी अर्थात् राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्।

उनीहरुका लागि १५ घण्टा समय तोकिएको छ।

विपक्षीको बहसपछि रिट निवेदकले ३ घण्टा जवाफी बहस गर्नेछन्। त्यसपछि चार जना एमिकस क्युरीले २ घण्टा बहस गरेपछि मुद्दाको फैसला आउनेछ।

गत जेठ ८ गते दोस्रो पटक संसद् विघटन भएपछि त्यसविरुद्ध ३० वटा रिट परेका छन्।

तर शेरबहादुर देउवासहित १४६ सांसदको रिटमाथिको फैसलापछि मात्रै अन्य रिटमा प्रवेश गर्ने सर्वोच्चले जनाएको छ।

गत बुधबारदेखि मुद्दाको अन्तिम सुनुवाइ संवैधानिक इजलासमा भइरहेको छ।

मुद्दाको सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको थियो।

अन्तिम दिन निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस थालेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad