राजनीति


बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बस्दै

बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेपालखबर
असार १३, २०७८ आइतबार २:१६,

नेकपा एमालेको आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे बस्ने भएको हो।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ।

असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गर्दै सर्वाेच्च अदालतमा दिइएको रिट निवेदनमा आफूनिकट सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।

यस्तै सर्वाेच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन बदर गरेको, प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी अमान्य भनेको, कर्णालीमा फ्लोर क्रस गरेका कारण बर्खास्त प्रदेश सांसदलाई पुनर्बहाली गरेको अवस्थामा बस्न लागेको एमालेको स्थायी कमिटी बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। 

यो पनिप्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, गठबन्धनलाई धोका दिन्न : माधव नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .