समाज


आज पनि धेरै ठाउँमा पानी पर्ने, तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज पनि धेरै ठाउँमा पानी पर्ने, तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

नेपालखबर
असार १३, २०७८ आइतबार १:३४,

आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी (ठूलो) वर्षा हुने सम्भावना छ।

यस्तै आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad