राजनीति


शिक्षामन्त्री श्रेष्ठ जातीय भेदभावका सरकारी मतियारः खगेन्द्र संग्रौला

शिक्षामन्त्री श्रेष्ठ जातीय भेदभावका सरकारी मतियारः खगेन्द्र संग्रौला

नेपालखबर
असार ९, २०७८ बुधबार १५:१५,

काठमाडौंमा डेरा खोज्ने क्रममा सञ्चारकर्मी रूपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षामन्त्री नै गएर छुटाएपछि चौतर्फी आलोचना भइरहेको छ।

यसै क्रममा नागरिक अभियन्ता एवं लेखक खगेन्द्र संग्रौलाले शिक्षामन्त्री श्रेष्ठलाई जातीय भेदभावका सरकारी मतियार भनेका छन्।

‘रूपा सुनार र सरस्वती प्रधान दुवै पीडित नारी। रूपा जातजन्य भेदभावबाट पीडित, सरस्वती परम्पराले थोपरेको विभेदकारी संस्कारबाट पीडित,’ लेखक संग्रौलाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘रूपाको विद्रोह आफूलाई जातजन्य भेदभावबाट र सरस्वतीलाई भेदभावको संस्कारबाट मुक्त गर्ने विद्रोह हो। शिक्षामन्त्री कृष्ण तुच्छ भेदभावका सरकारी मतियार!’

यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनारलाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।

आफूलाई जातीय विभेद गरेको भन्दै सुनारले यही असार ३ गते घरबेटी प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएकी थिइन्। त्यसपछि ६ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।

तर जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं) ले यथेष्ट प्रमाण नभएको भन्दै मुद्दा फिर्ता गरेपछि आजै (बुधबार) घरबेटी प्रधान रिहा भएकी छन्। उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि प्रहरी वृत्त पुगेका थिए भने आफ्नै सरकारी गाडीमा घरबेटी प्रधानलाई लिएर फर्किएका थिए।

यी पनि : 

जातीय विभेद गर्ने घरबेटी छुटाउन शिक्षामन्त्री नै गएपछि कांग्रेस प्रवक्ताको प्रश्न

ज्यानमारा जात-व्यवस्था मुर्दावाद !!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad