महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
बिहीबार २ बजे पार्टीका केन्द्रीय सदस्यसँग वरिष्ठ नेता पौडेलले भेटघाट गर्न लागेको उनका निजी सहयोगी चिरञ्जीवी अधिकारीले बताए।
पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न लागि केन्द्रीय समितिका नेताहरुलाई बोलाइएको उनले जानकारी दिए।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरुले भेटघाटलाई तीब्रता दिइरहेका छन्।
यस अघि विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले भेटघाट गरेका थिए। उनीहरु तीनै जना सभापतिका आकांक्षी हुन्।
सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन केन्द्रीत दौडधुप बढाएका छन्।
कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने तय भएको छ।
3
Shares

प्रतिक्रिया