कारोबार


नेपालको वस्तु निर्यात गत वर्षभन्दा ३७ प्रतिशतले बढी

नेपालको वस्तु निर्यात गत वर्षभन्दा ३७ प्रतिशतले बढी

नेपालखबर
असार ९, २०७८ बुधबार १०:३५,

नेपालबाट विदेशमा वस्तु निर्यात बढेको छ। चालू आर्थिक वर्षमा गत वर्षभन्दा ३७ प्रतिशतले वस्तु निर्यात बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो।

गत वर्ष जेठसम्म जम्मा ८८ अर्ब रुपैयाँको वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्षको जेठसम्मको अवधिमा १ खर्ब २१ अर्ब रुपैयाँबराबरको वस्तु विदेश निर्यात भएको हो।

कुनै पनि एक वर्ष अवधिमा १ खर्ब रुपैयाँबराबरको वस्तुनिर्यात हुनसकेको थिएन।

तर यो चालू आर्थिक वर्षको १ महिना बाँकी रहँदै गर्दै १ खर्ब २१ अर्ब रुपैयाँबराबरको भएको देखिएको हो।

त्यसो त यो वर्ष वस्तु आयात पनि बढेको देखिएको छ।

११ महिनामा ११ खर्ब रुपैयाँबराबरको वस्तु आयात भएकोमा यो वर्षको सोही अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँबराबरको वस्तु आयात भइसकेको छ।

यो अर्थमा ११ महिना १२ खर्ब ६२ अर्ब रुपैयाँ हाराहारीमा व्यापार घाटा रहेको देखिएको छ।

यो ११ महिनामा १ खर्ब ९१ अर्बको पेट्रोलियम पदार्थ आयात भइसकेको छ। सवारीसाधन ८८ अर्ब रुपैयाँ र आइरन स्टिल १ खर्ब ३९ अर्ब रुपैयाँबराबरको आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad