राजनीति


१९ दिने कार्यकालमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले के के गरे?

१९ दिने कार्यकालमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले के के गरे?

नेपालखबर
असार ९, २०७८ बुधबार ८:२२,

सर्वोच्च अदालतको अन्तरिम आदेश पछि पदमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गरेका छन्।

१९ दिन मन्त्रालय सम्हाल्दा गरेका कामको उनले फेहरिस्त दिएका हुन्।

उनले कोरोना नियन्त्रणमा इमान्दार प्रयत्न गरेको बताउँदै खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका छन्।

यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी आफ्नो हुने पनि उनले बताएका छन्।

सबै नेपाली जनताको स्वास्थ्य उपचार नि:शुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रियाको सुरुवात गरेको उनले बताएका छन्।

सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ गर्ने प्रयास उनले गरेका छन्।

यस्तै गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको तामाङले जानकारी दिएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad