खेल


युरोकपमा आज अन्तिम १६ टोलीको टुंगो लाग्ने

युरोकपमा आज अन्तिम १६ टोलीको टुंगो लाग्ने

नेपालखबर
असार ९, २०७८ बुधबार ८:११,

यूईएफए युरो कपअन्तर्गत आज बुधबार समूह चरणका अन्तिम खेल हुँदै छन्।

आज हुने समूह ‘ई’ र ‘एफ’को खेलपछि अन्तिम १६ को समीकरण पूरा हुनेछ।

आज समूह ‘ई’का स्विडेन र पोल्यान्ड तथा स्लोभाकिया र स्पेन भिड्नेछन्। यो खेल राति पौने १० बजे हुनेछ। समूह ‘एफ’को खेलमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स खेल्नेछन्। यो खेल मध्यराति पौने १ बजे हुनेछ।

slovakiavsspain2021

स्लोभाकियाविरुद्ध स्पेन
समूह ‘ई’को दोस्रो स्थानमा रहेको स्लोभाकियाले तेस्रो स्थानको स्पेनसँग खेल्दै छ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा हुने खेलमा दुवै टोली जितको लागि मैदान उत्रिनेछन्।

खेल राति पौने १० बजे सुरु हुनेछ। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकिया स्पेनलाई पराजित गर्दै नकआउट चरणको प्रवेश गर्न चाहन्छ।

उता अघिल्लो चरण प्रवेश गर्नका लागि स्लोभाकियालाई पराजित गर्ने पर्ने दबाबमा स्पेन छ। आजको खेलमा पराजित भएमा स्पेनको अघिल्लो चरणको सम्भावना सकिनेछ।

‘हेड टु हेड’मा स्लोभाकियाभन्दा स्पेन बलियो टोली हो।

हालसम्म यी दुई टोलीबीच ६ पटक भेट भएको छ। यी ६ भेटमा स्पेनले ४ खेल जितेको छ भने १ खेल बराबरीमा टुंगिँदा एक खेलमा पराजित भएको छ।

युरोकप फुटबलमा यी टोली दुई पटक भेट भएका छन्। यी दुई भेटमा एक खेल स्पेनले जितेको छ भने एक खेल स्लोभाकियाले जितेको छ।

सन् २०१५ पछि पहिलोपटक यी टोली आमनेसामने हुनलागेका हुन्।

swedenvspoland2021

स्विडेनविरुद्ध पोल्याण्ड
युरोकपको अन्तिम १६ मा स्थान बनाइसकेको स्विडेनले आज पुछारको पोल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

समूह विजेता बन्दै नकआउट चरणमा जानका लागि स्विडेनलाई जित्नैपर्ने दबाब छ। आजको खेलमा हार वा बराबरीले मात्रै पनि समूह उपविजेता बन्नेछ।

पोल्यान्ड भने आजको खेलमा स्विडेनलाई हराउँदै अन्तिम १६ मा जाने सम्भावना जीवित राख्न चाहन्छ। बराबरी या हारले पनि पोल्यान्डको अन्तिम १६ मा पुग्ने सपना सकिनेछ।

स्विडेन र पोल्यान्डबीच अहिलेसम्म २६ पटक भेट भएको छ। यो भेटमा पोल्यान्डले ८ खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ। १४ खेलमा भने स्विडेन विजयी भएको छ।

यी टोली सन् २००४ पछि पहिलो पटक भेट्दै छन्। अन्तिक पटक यी टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भेट भएका थिए। युरोकपमा भने पाँचौँ पटक भेट हुनलागेका हुन्।

यसअघिकै ४ खेलमा स्विडेन विजयी भएको छ।

germanyvshungary2021

जर्मनीविरुद्ध हंगेरी
समूह चरणको अन्तिम खेलमा जर्मनीले चिरप्रतिद्वन्द्वी हंगेरीसँग खेल्दै छ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको जर्मनीले पुछारमा रहेको हंगेरीलाई पराजित गर्दै समूह विजेताको रुपमा अघिल्लो चरण पुग्न चाहन्छ।

आजको खेलमा हार वा बराबरीले मात्रै पनि जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कठिन बन्नसक्छ।

यता हंगेरी पनि बलियो टोली जर्मनीलाई हराउँदै अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।

जर्मनी र हंगेरी चिरप्रतिद्वन्द्वी टोली हुन्। जर्मनीले हंगेरीलाई अहिलेसम्म १३ पटक हराएको छ। बाँकी १० खेलमा बराबरी गर्दा १० खेलमा हंगेरी विजयी भएको छ।

युरोकप फुटबलमा भने यी टोली पहिलोपटक भेट्नलागेका हुन्। यसअघि सन् २०१६ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको थियो।

grizman vs ronaldo2021

पोर्चुगलविरुद्ध फ्रान्स
अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्सले आज पोर्चुगलसँग खेल्दै छ। पोर्चुगललाई पराजित गर्दै फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न चाहन्छ।

यता १ खेलमा जित र एक खेल गुमाएको पोर्चुगल आज फ्रान्सलाई हराउँदै समूह विजेताको रुपमा अघि बढ्न चाहन्छ। बराबरीले पनि पोर्चुगलको अघिल्लो चरण जाने सम्भावना जीवित छ।

हालसम्मको २७ भेटमा पोर्चुगल १९ खेलमा पराजित भएको छ। २ खेल बराबरी हुँदा ६ खेलमा जित निकालेको छ।

यी टोली युरोकपमा चौथो पटक भेट्नलागेका हुन्।

यसअघिको ३ भेटमा दुई खेलमा पोर्चुगल पराजित भएको छ भने एक खेल आफ्नो पक्षमा पारेको छ।

यसअघि सन् २०१६ मा भएको युरोकपमा पोर्चुगलले फ्रान्सलाई १–० ले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad