नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वाेच्च अदालतले गरेका पछिल्ला आदेशले आफ्नो पार्टी एकतामै जोड दिएजस्तो लागेको बताएका छन्।
सर्वाेच्च अदालतले एकसाथ मन्त्रिपरिषद् पुनर्गठन बदर तथा कर्णाली प्रदेशका सांसदको पुनर्बहालीविरुद्ध एमालेले दिएको पुनरवलोकन निवेदन (भ्याकेट) अस्वीकार गरेको दिन मंगलबार पूर्वमन्त्रीसमेत रहेका भट्टराईले यी आदेशले एमाले एकताकै लागि उत्प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गरेका हुन्।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरेजस्तो लाग्छ मलाई त,’ उनले भनेका छन्, ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ। बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ हो। भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड।’
प्रतिक्रिया