ad ad

राजनीति


मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं : नेपाल

मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं : नेपाल

नेपालखबर
असार ८, २०७८ मंगलबार १५:१६,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई भड्खालोमा जानबाट समयमै जोगाउन आव्हान गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले राम्रो परिणाम नदिने स्पष्ट पारेका छन्।

उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै गलत बाटो अँगाल्दाको परिणाम देश, पार्टी र जनताले भोग्नुपरेको बताएका छन्। नेता नेपालले पार्टी र राष्ट्रलाई एकतावद्ध बनाउन पनि आग्रह गरेका छन्।

‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो। जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो’ नेपालले लेखेका छन्, ‘तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .