कारोबार


टुटल र पठाओले भोलिदेखि दिनेछन् सेवा

टुटल र पठाओले भोलिदेखि दिनेछन् सेवा

नेपालखबर
असार ७, २०७८ सोमबार १४:१७,

टुटल र पठाओले भोलि (मंगलबार)देखि आफ्नो सेवा दिने भएका छन्। राइडरहरुलाईसमेत आफ्नो एप मंगलबारदेखि सञ्चालन हुने बताइसकेको छ।

सरकारले मंगलबारदेखि निषेधाज्ञा खुकुलो गरेको छ। जस अनुसार ट्याक्सीलाई चल्न दिने बताएको छ।

ट्याक्सीसमेत सञ्चालन हुने भएपछि राइड सेयरिङ सेवा समेत सञ्चालन गर्न लागिएको पठाओ तथा टुटलले जानकारी गराएको छ।

काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू भैसकेको छ। त्यस्तै बारअनुसार विभिन्न किसिमका पसलहरुलाई खोल्ने अनुमति पनि दिएको छ।

कोरोना संक्रमण दर कम भैरहेकोले पनि सरकारले विस्तारै बन्दाबन्दीलाई खुकुलो बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad