ad ad

राजनीति


सभापतिका लागि निधिले बढाए दौडधुप, कोइराला र सिंहसँग दुई घण्टा छलफल

सभापतिका लागि निधिले बढाए दौडधुप, कोइराला र सिंहसँग दुई घण्टा छलफल

नेपालखबर
असार ७, २०७८ सोमबार ९:२८,

नेपाली कांग्रेसका उपसभापतिसहित तीन नेताबीच छलफल भएको छ।

उपसभापति विमलेन्द्र निधि निवास नयाँ बानेश्वरमा महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहबीच लञ्च मिटिङ भएको हो।

 शशांक विपि पुत्र, विमलेन्द्र महेन्द्र नारायण निधि पुत्र र प्रकाशमान गणेशमान सिंहका पुत्र हुन्।

 आगामी महाधिवेशनको लागि दौडधुप तीव्र पारेका निधिले यसअघि नेता कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलसँग छलफल गरिसकेका छन्।

निधिले कोइराला र सिंहसँग १४ औं महाधिवेशनका विषयमा छलफल गरेका हुन्। उनका प्रेस संयोजक रामजी दाहालका अनुसार तीन नेताहरुबीच ५ विषयमा केन्द्रीत रहेर कुराकानी भएको थियो।

१४ औं महाधिवेशन, आगामी निर्वाचनमा कांग्रेसलाई कसरी पहिलो पार्टी बनाउने, विपक्षी गठबन्धनबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने, देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परेका जनताहरुको उद्धार र राहतमा केन्द्रीत कसरी हुने र पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीभित्र साझा धारणा बनाएर अघि बढ्ने विषयमै केन्द्रीत रहेर २ घण्टा छलफल भएको दाहालले बताए।

‘विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिको तयारी गरिसक्नु भएको छ,’ दाहालले नेपालखबरसँग भने, ‘आज तीन नेताबीचको भेट पनि त्यसको निरन्तरता हो। उहाँहरु तिनैजनाबीच यो छलफललाई निरन्तर जारी राख्ने सहमति पनि भएको छ।’

तीनै नेताबीच असार ४ गतेपनि पार्टी कार्यालय सानेपामा ३० मिनेट छलफल भएको दाहालले बताए।

‘केन्द्रीय समितिको बैठक लगत्तै ४ गते साँझ तीनैजनाबीच छलफल भएको थियो, आज त्यसकै निरन्तरता हो, लञ्चसहित छलफल भयो,’ दाहालले भने।

१४ औं महाधिवेशनमा फेरि देउवा नै सभापतिमा उठ्ने मनसाय देखाएपछि निधिले नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .